सुनको मूल्य हप्तामा ९ सयले बढ्यो

काठमाण्डु टुडे २०७५ पुष २७ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, २७ पुस – सुनचाँदीको भाउ आज स्थिर छ । सुन शुक्रबार तोलाको ६० हजार ७ सय रुपैयाँ तथा चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार घटबढ नभएको सुनको भाउ यो हप्ता भने तोलामा ९ सय रुपैयाँ बढेको छ । हप्ताको पहिलो दिन तोलाको ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता लगातार बढेको हो ।

यस्तै चाँदी पनि यो हप्ता तोलामा १० रुपैयाँ बढेको छ । आइतबार ७ सय ५५ रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलाको ७ सय ६५ रुपैयाँ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us