सुनको भाउ ६० हजार नाध्यो

काठमाण्डु टुडे २०७५ पुष २५ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, २५ पुस – आज सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । हिजो ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ६० रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us