क्वेटा (पाकिस्तान), १७ फागुन – पाकिस्तानको दक्षिणपश्चिमी समस्याग्रस्त बलुचिस्तान प्रान्तमा शनिबार बम विस्फोट हुँदा कम्तीमा तीन अर्धसैनिक सुरक्षाकर्मीको मृत्यु भएको छ ।
अन्य छजना घाइते भएको जानकारी अधिकारीहरूले दिएका छन् । बलुचिस्तानबाट कराचीसम्मको प्रमुख मार्गमा उक्त बम राखिएको र सुरक्षागस्तीमा उक्त बम विस्फोट भएको बताइएको छ ।
बलुचिस्तान इरान तथा अफगानिस्तानको सीमामा पर्छ र त्यहाँ पृथकतावादी तथा इस्लामी लडाकूहरूको नियन्त्रण