काठमाण्डु, १७ फागुन – नेपाली काँग्रेसका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गरेसँगै संविधान लेखन कार्यले गति लिने बताएका छन् ।
प्रेस युनियन दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दलहरुबीच १ वर्षभित्र संविधान जारी गर्ने सहमति भएकाले अघिल्लो संविधान सभाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए ।
यस्तो गरिएमा एक वर्षभित्रै संविधान जारी गर्न सहज हुने उनको तर्क छ ।
काँग्रेस नेतृत्वको वर्तमान सरकार संविधान निर्माण प्रक्रियाप्रति गम्भीर रहेको भन्दै देउवाले ६ महिनाभित्र संविधानको खाका तय गरेर स्थानीय निकायको निर्वाचनतर्फ लाग्ने दावी गरे ।