घैँटोमा सङ्कलित पानीले गुजारा

काठमाण्डु टुडे २०७० फागुन ६ गते ७:१२ मा प्रकाशित

image_1बागलुङ, ६ फागुन – पिउने पानीको चरम अभावले बागलुङका दुई गाउँ घैँटोमा सङ्कलित पानीमा निर्भर छन् ।

जिल्लाको का“डेबास गाविसको उचाका र थालेपोखरा गाउँका स्थानीयवासी खानेपानीको अभाव झेल्न बाध्य भएका हुन् । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका उनीहरु वर्षातको तुलनामा हिउँद याममा उक्त समस्याबाट झन् पीडित हुने गर्दछन् ।

गाउँमा हिउँदमा त खानेपानीको हाहाकार नै हुने स्थानीय भीम शेरचनले बताए । का“डेवास वडा नं ५ र ७ का स्थानीय प्रत्यक्षरुपमा खानेपानी समस्यबाट गुज्रेको शेरचनको भनाइ छ ।

भौगोलिक हिसाबले निकै उच्च स्थानमा रहेका उचाका र थालेपोखरामा हिउ“दको समयमा घैँटोमा सङ्कलित आकासे पानीबाट पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।

उचाका गाउ“का १८ घरधुरी र एक विद्यालयमा २०६९ सालदेखि घैँटोमा आकासे पानी सङ्कलन गरी प्रयोग गर्ने गरिएको छ । घैँटोमा सङ्कलन गरिएको पानीकै भरमा हिउ“दका चार महिना गुजार्नु परेको थालेपोखरा प्राविका प्रधानाध्यापक चन्द्रमणि चालिसेले बताए ।

पश्चिम नेपाल खानेपानी तथा सरसफाइ कार्यक्रम, जिविस, गाविस र जनश्रमदान गरी रु ११ लाख २८ हजारको लागतमा निर्माण गरिएका घैँटामा पानी सङ्कलन गरिँदै आइएको छ ।

थालेपोखरामा निर्माण गरिएका चार वटा साझा पानी ट्याङ्कीबाट दर्जनाँै घरपरिवारले हिउँदको समयमा खानेपानीको गुजारा चलाएको शेरचनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्ररका बासिन्दाले घरदेखि तीनदेखि चार किलोमिटर टाढा खानेपानीको मुहान भए पनि गाउ“मा पानी ल्याउन नसकेको बताइएको छ ।
काँडेवास बजारदेखि चार÷पाँच घन्टाको पैदल दूरीमा रहेको त्यस क्षेत्ररका बासिन्दा खानेपानी समस्याकै कारण बेंसीतिर बसाइँ सर्न थालेका छन् । आर्थिक अवस्था राम्रो भएकाहरु भने त्यहाँबाट सुगम स्थानतर्फ बसाइँ सरिसकेका स्थानीय गुञ्जबहादुर केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us