बैतडी २६ माघ– पानी भर्न गएका बेला माथिबाट बाख्राले ढुंगा खसाल्दा बैतडीको महादेवस्थानमा नौ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्युहुनेमा महादेवस्थान–५ गौरीगाउँका चक्र बोहराकी छोरी कोपिला बोहरा रहेको प्रहरी जनाएको छ ।
पानी भर्न जाने बेला टाउकामा ढुङ्गा लागेर गम्भीर घाइते भएकी बोहराको घर पुर्याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस