
काठमाण्डु, १५ माघ – युक्रेनका राष्ट्रपति विक्टर यानुकोविचले त्यहाँका प्रधानमन्त्री र मन्त्रिपरिषदको राजिनामा स्वीकार गरेका छन् । युक्रेनमा लगातार सरकार विरोधी प्रदर्शन भईरहँदा आएको प्रधानमन्त्री मकोला आजिरोव लगायत मन्त्रिपरिषदले मंगलबार राजीनामा दिएका थिए ।
युक्रेन भईरहेको विरोध प्रदर्शनलाई प्रतिवन्धित गर्न प्रधानमन्त्रीले त्यहाँको संसदमा राखेको प्रस्ताव अत्यधिक बहुमतले पराजित भएपछि प्रधानमन्त्री आजिरोवको राजिनामा आएको हो । पछिल्ला केहि समयदेखि युक्रेनमा देशको आर्थिक अवस्थामा सुधार ल्याउन नसकेको भन्दै सरकार र राष्ट्रपति विरुद्ध लगातार प्रदर्शन हँुदै आएको छ । राष्ट्रपतिको गढ मानिने देशको पूर्वी क्षेत्रमा समेत प्रदर्शन जारी छ ।
देशका कतिपय शहरहरुका प्रदर्शनकारीहरुले सरकारी भवनहरुमा समेत कब्जा गरेका छन् । यसैबीच मंगलबार युक्रेनको दक्षिणी शहर खैरसनमा प्रदर्शनकारीहरुले प्रहरीमाथि छुरा प्रहार गर्दा तीन प्रहरी घाईते भएका छन् भने एक प्रहरी जवानको ज्यान गएको छ ।युक्रेनमा जारी प्रदर्शनमा अहिले सम्म पाँच जनाको ज्यान गईसकेको छ ।
गत वर्ष नभम्बर १३ मा युक्रेनको सरकारले युरोपियन युनियनसँग थप सहयोग लिने सम्झौतामा हस्ताक्षर गर्न नमानेपछि शूरु भएको हो । यता रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले प्रधानमन्त्री आजिरोवको राजीनामापछि पनि रुसले उनीसँग गरेको सम्झौता कायम रहने जानाएका छन् । पुटिनले विपक्षीहरुकै सरकार आए पनि आप्mनो देशले गरेको आर्थिक सहयोगको प्रस्ताव यथावत रहने बताएका छन् ।