
काबुल, २६ पुस–पूर्वी अफगानिस्तानमा शुक्रबार भएको एक विमान दुर्घटनामा नेटोसँग आवद्ध कम्तीमा ती सदस्यको मृत्यु भएको. छ । गत वर्ष युद्धगस्त अफगानिस्तानमा १९ जना नेटो सदस्यको विमान दुर्घटनामा मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलको नीति अनुसार मारिएका नेटोको सदस्यको राष्ट्रियता र विस्तृत विवरण भने दिइएको नेटोसँगआवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
विमान दुर्घटनामा नेटो सदस्यको मृत्यु भएको यस वर्षको पहिलो घटना हो । नेटो सदस्यको हताहतिपछि यस वर्ष चार नेटो सदस्यको मृत्यु भएको छ ।
गत वर्ष अफगानिस्तानमा भएको विभिन्न आक्रमण र दुर्घटनापरी १६० नेटो सदस्यको मृत्यु भएको थियो ।
अफगानिस्तनमा सन् २०१० मा १ लाख ३० हजार नेटो सैनिक तालिवान लडाकूसँग युद्दरत थिए, भने हाल यहाँ ८४ हजार सैनिक बाँकी रहेका छन् ।
आगामी सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट ती नेटो सैनिक फर्किसक्ने नेटोसँगआवद्ध सबै देशहरुले निर्णय गरिसकेका छन् । सिन्ह्वा