इरानी टेलिभिजनको दाबीः ट्रम्पले बिन्ती गरेपछि युद्धविराम

काठमाण्डु टुडे २०८२ असार १० गते १३:१६ मा प्रकाशित

काठमाण्डू, १० असार– इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको धोषणा गरेका छन । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान (IRINN) ले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो ।

उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख समेत गरीएको छ ।

अमेरिकी सैन्य बेसमाथिको कारबाही सफल भएको उल्लेख गर्दै इरानले ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि तयार भएको बताइएको छ । अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सले जवाफी हमला गरेको थियो । यसपछि इरानले युद्धविराम गरेको समाचार आएका थिए तर उसले अस्वीकार गरेको थियो ।

इरानको दाबी अनुसार उक्त आक्रमण अमेरिकाले इरानका तीनवटा आणविक साइटमाथि गरिएको आक्रमणको जवाफ थियो । तर, कतारले भने सबै मिसाइलहरू आकाशमै खसालिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us