वृद्धभत्ता उमेरहद सत्तारुढ दलबीचकै सहमतिमा बढाइएको होः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८२ असार १० गते १५:५५ मा प्रकाशित

काठमाण्डू, १० असार– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।

संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री पौडेलले दलहरूबीचकै सहमतिमा यो निर्णय लिइएको बताए ।

उनले यसरी उमेर बढाउँदा पनि अहिले खाइपाइ आएको सुविधा भने नखोसिने स्पष्ट पारे । हाल सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याएको छ । यसअघि ६८ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us