
कालीकोट, २० पुस– घाँस काट्दै गरेको अवस्थामा आगलागी भएर स्युनामा एक जना महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्युना गाविस ९ बड्डाला निवासी ३३ वर्षीया लक्षिमा फर्साल छिन् ।
स्युना र फुकोट गाविसकोबीचमा पर्ने बागज्याला वनमा घाँस काटिरहेको अवस्थामा अकस्मात् आगलागी हुँदा फर्सालको मृत्यु भएको इलाका प्रहरी कार्यलय रास्कोटका प्रमुख कमलावती पन्थले बताए । रासस