
पोखरा, १७ पुस – महिला हिंसासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको इन्सेकद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालयद्वारा बुधबार आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१४ को वार्षिक पूर्व समीक्षा गोष्ठीमा सन् २०१३ मा कास्की जिल्लामा ३१ जना महिला हिंसाबाट पीडित भएको जानकारी दिइयो ।
जिल्लामा भएका कुल ७६ वटा मानवअधिकार उल्लङ्घनका घटनामा १७४ जना पीडित भएको र त्यसमा महिलाको संख्या १०५ र रहेको पुस्तकमा उल्लिखित छ ।
धम्की÷कुटपिटका सातवटा घटनामा राज्यपक्षबाट पाँच र अन्यबाट दुई वटा भएका छन् ।
अभिव्यक्ति स्वतन्त्रता, भेला हुने, संगठित हुने अधिकारअन्तर्गत सातवटा घटनामा ३१ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापाले बताए ।
कार्यक्रमका सहभागीहरुले मानवअधिकार उल्लङ्घनका दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।