इलाम,पुस–नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले चुनावका क्रममा इलाममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।
खनालले जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार उनले चुनावमा नौ लाख ६३ हजार रुपैयाँ खर्चगरेका छन् ।
कार्यकर्ता परिचालन, यातायात खर्चलगायत ११ शीर्षकमा उनले सो खर्च विवरण पेश गरेका हुन् ।
एमाले नेता तथा पूर्वसभाध्यक्ष सुवास नेम्वाङले सात लाख २८ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले चुनावमा १० रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान राखेको थियो । रासस