श्रीलंकाविरुद्ध माल्दिभ्सको गोल बर्षा

काठमाण्डु टुडे २०७० भदौ १७ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, १७ भदौ–काठमाण्डुमा जारी साफ च्याम्पिएनसिप फुटबल अन्तर्गत सोमबारको खेलमा माल्दिभ्स विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सले श्रीलंका विरुद्ध १०–० गोलको फराकिलो जित निकालेको हो ।

मालदिभ्सको जितका लागि कप्तान अल असफले दोहोरो ह्याट्रिक पूरा गरे । मालदिभ्सले निकालेको जित जारी प्रतियोगिताकै सवैभन्दा फराकिलो जित हो ।

यसअघि हल्चोकस्थित खेल मैदानमा भएको खेलमा अफगानिस्तानले प्रतियोगिताकै कमजोर मानिएको भुटानलाई ३–० ले पराजित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us