
काठमाण्डु, २३ मंसिर– कपुर खानदानको शान रणवीर कपुर र बलिउडका चर्चित अभिनेत्री कटरिना कैफलाई विदेशसँग निकै प्रेम बसेको छ । यो जोडीले जब समय पाउँछन् तब विदेश सयरतिर लागिहाल्छन् ।
नयाँ वर्ष २०१४ आउँदै गर्दा फेरि यिनीहरुले विदेश घुम्न जाने योजनामा छ । नयाँ वर्ष मनाउन बलिउडको हट कपलको रुपमा चिनिदै गएको रणवीर र कटरिनाको जोडी कतै ठाढा अरुले पिछा गर्न नसक्ने स्थानको खोजीमा रहेको भारतीय सञ्चारमाध्यमले बताएको छ ।
उनीहरुले नयाँ वर्षमा घुम्नका लागि अमेरिकाको न्यूयोर्क रोजेका छन् । यो जोडीले नयाँ वर्षलाई रोमान्सका साथ मनाउने तयारी गरेका हुन् ।भारतीय सञ्चारमाध्यमले उनीहरु जनवरी १ मा भारतीय क्यामेराबाट टाढा न्यूयोर्कमा हुने पक्का रहेको उल्लेख गरेको छ ।
यी दुईले डिसेम्बरको अन्तिम साता एक यात्रा योजना बनाएका छन् कि त्यस समयमा उनीहरुले कसैलाई भेट्ने समय दिएका छैनन् । सो अन्तिम साता कटरिनाका साथ जोहर, अयान मुखर्जी र मनीष मल्होत्रा पनि सँगै हुनेछन् ।