
काठमाण्डु–कैटरिना कैफले लगातार चौथो पटक विश्वकै सबैभन्दा सेक्सी एशियाली महिलाको उपाधी पाएकी छन् । लण्डनको एक साप्ताहिक पत्रिकाले सेक्सी महिलाहरुको सूची सार्बजनिक गरेको हो ।
कैटरिनाले एशियाका ५० महिलालाई पछाडि पार्दै चौथोपटक यो उपाधि जितेकी हुन् ।
भारतीय अभिनेत्री प्रियङ्का चोपडा दोस्रो, दृष्टी धामी तेस्रो र दीपिका पादुकोण चौथो स्थानमा छन् । दृष्टी शीर्ष तीनमा पर्ने पहिलो टेलिभिजन अभिनेत्री हुन् ।