श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाण्डु टुडे २०७० भदौ १२ गते ४:०७ मा प्रकाशित

Krishnaकाठमाण्डु, १२ भदौ– हिन्दू धर्मावलम्वीले कृष्ण जन्माष्टमी पर्व बुधबार भगवान कृष्णको पूजाआजा गरी मनाउदै छन् ।

पाटनको मङ्गलबजार लगायतका देशभरका कृष्ण मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । राष्ट्रपति रामवरण यादवले पनि बुधबार विहान पाटन कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता कृष्णको जन्म द्वापर युगमा भ्राद्र कृष्णअष्टमीको दिन मध्यरातमा भएको थियो । त्यसैले भाद्र कृष्ण अष्टमीलाई ‘मोहरात्री’ पनि भनिन्छ । श्रद्धालुहरु दिनभर ब्रत बस्ने, कृष्णको पूजा गर्ने र रातभर जाग्राम बसी भजन कीर्तन गर्ने चलन छ । धार्मिक संघसंस्थाले कृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने र झुला झुलाउने पनि गर्दछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us