काठमाण्डू, ३ साउन– कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको संगठनात्मक संरचनामा युवाको सहभागिता सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरिएको बताएका छन ।
उनले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व र प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको पनि बताएका छन । आज (आइतबार) ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।
थापाले पार्टीको वैधानिक संरचनामा युवा पुस्तालाई प्राथमिकता दिँदै प्रतिनिधित्व सुनिश्चित गरिएको पनि बताएका छन । थापाले प्रत्येक वडाबाट छनोट हुने प्रतिनिधिमध्ये निश्चित संख्या ३० वर्षमुनिका हुनैपर्ने व्यवस्था गरिएको उल्लेख गर्दै प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि अनिवार्य हुने प्रावधान पनि राखिएको पनि बताएका छन ।
थापाका अनुसार यसका लागि महाधिवेशन प्रतिनिधिको संख्या २५ बाट बढाएर ३१ पुर्याइएको छ। बढाइएको संख्यामध्ये तीन स्थान ३५ वर्षमुनिका युवाका लागि सुनिश्चित गरिएको पनि उनले बताए । उनले केन्द्रीय समितिमा पनि नयाँ पुस्ताका नेताहरूको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै अनुभवी र नयाँ पुस्ताबीच सन्तुलन कायम गर्नु आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘नेपाली कांग्रेसमा नयाँ साथीहरूलाई पनि अवसर दिनुपर्छ, तर पुराना साथीहरूको सम्मान पनि सँगसँगै हुनुपर्छ। अहिले पार्टीमा चार पुस्ताका मानिसहरू एकैसाथ सक्रिय छन् ।’थापाले कांग्रेस अहिले विभिन्न पुस्ताका नेता–कार्यकर्ता सक्रिय रहेको साझा राजनीतिक शक्ति भएकाले सबै पुस्तालाई एकै सूत्रमा बाँध्न सक्ने पार्टीका रूपमा अझ सशक्त बन्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन ।
उनले कांग्रेसले विगतदेखि नै देशभरका सबै जातजाति, भाषाभाषी र समुदायलाई जोड्दै आएको उल्लेख गर्दै अब सबै पुस्तालाई पनि एकताबद्ध गर्ने राजनीतिक शक्तिका रूपमा स्थापित हुनुपर्ने पनि बताए ।