एमाले सांसदहरूलाई च्यासलमा प्रशिक्षण

काठमाण्डु टुडे २०८३ साउन ३ गते १४:०७ मा प्रकाशित

काठमाण्डू, ३ साउन– एमालेले पार्टीबाट निर्वाचित सांसदहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पार्टी संसदीय विभागको आयोजनामा संसदमा प्रभावकारी भूमिका निर्वाहका प्रशिक्षण आयोजना गरेको विभागकी प्रमुख एवं सचिव पद्मा अर्यालले जानकारी दिएकी छन । जारी प्रशिक्षणमा अध्यक्ष केपी ओलीले पनि ब्रिफिङ गर्ने छन् ।

संसद सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी समेत गराउने छन ।

संसदीय समितिका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयमा पनि राईले जानकारी दिने छन् । महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने कार्यसूची रहेको छ ।

हरेक सांसदले पार्टी नीति अनुरूप संसदमा भूमिका निर्वाह गर्नुपर्ने भएकोले सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि पोखरेलले स्पष्ट पार्नेछन् ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले कार्यक्रममा सम्पूर्ण विभाग प्रमुख र पूर्व सदस्य पनि सहभागी छन् ।

सम्बन्धित विभागले विषय विज्ञता भएका व्यक्तिको नाम सिफारिस गरेर सांसदहरूलाई संसदीय विषयबस्तुमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us