दुर्गा प्रसाईँको चुनौतीः सरकार दसैँसम्म टिकाओ

काठमाण्डु टुडे २०८३ असार २८ गते १६:५३ मा प्रकाशित

काठमाण्डू, २८ असार– व्यवसायी दुर्गा प्रसाईँले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने भविष्यवाणी गरेका छन ।

आज (आइतबार) झापाबाट काठमाण्डू आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेका प्रसाईँले घरमै पत्रकार सम्मेलन गरी यो जिकिर गरेका हुन । उनले सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी समेत गरेका छन ।

प्रसाईँको भनाइ थियो, ‘दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद थुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ । सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ ?’

उनले आफू भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको र फसाउन लागिरहेको भन्दै त्यो सफल नहुने बताए । प्रसाईँले भने, ‘दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ उचालेर हिँड्यो भनेको छ ।

सुकुमबासीलाई मैले खोलामा हालेको हो ? गणेशलाई मर्ने मैले बनाइदिएको हो ?’ वालेन सरकार अल्गोरिदम कब्जा गरेर फाँसिवाद ल्याउनतिर लागेको उनले ठोकुवा गरे । ‘बोल्नै नहुने भएको छ ।

गणेशले जरिवाना तिर्न नसकेर आत्मदाह गर्‍यो भन्दैछन् घण्टेहरू । उनीहरूजस्तो लुटेरा हो ? यस्तो त राक्षसहरूको भूगोलमा पनि हुँदैन । अब अल्गोरिदम हाम्रो पक्षमा आउँछ ।

हाम्रो अभियानले सार्थकता पाउँछ ।’ उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको भन्दै आफूहरूले गरीखान देऊमात्र भनेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us