फुटबल मात्र होइन, आवश्यक पर्दा कठिन परिस्थितिमा लडेर जित्न पनि आउँछः एमबाप्पे

काठमाण्डु टुडे २०८३ असार २१ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, २१ असार– आज (आइतबार) भएको विश्वकपको अन्तिम–१६ को खेलमा फ्रान्सले पाराग्वेमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । फिलाडेल्फियामा अत्यधिक गर्मीबिच भएको खेलमा पाराग्वेले आक्रामक र लज्जास्पद शैलीमा खेल्यो ।

खेलभर फ्रान्सका प्रमुख खेलाडी किलियन एमबाप्पेलाई लगातार दबाबमा राख्ने प्रयास गरियो भने एड्रियन राबियोट, डायोट उपामेकानो, जुल्स कुन्डे लगायतका खेलाडीमाथि कडा ट्याकल र फाउलसमेत गरियो । यद्यपि रेफ्रीले पाराग्वेका कुनै पनि खेलाडीलाई पहेँलो कार्ड नदिएपछि निर्णयमाथि व्यापक प्रश्न समेत उठेको छ ।

निर्णायक क्षण खेलको दोस्रो हाफमा आयो । डिजायर डुएको माथि भएको फाउलपछि फ्रान्सले पेनाल्टी पायो । जसलाई किलियन एमबाप्पेले सहजै गोलमा परिणत गरे । प्रतियोगितामा उनको यो सातौँ गोल हो । पेनाल्टीअघि पाराग्वेका खेलाडीहरूले समय खेर फाल्ने र पेनाल्टी स्पट बिगार्ने प्रयास गरेका थिए । खेल सकिएपछि पनि दुवै टोलीका खेलाडीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

पूर्ण समयको सिट्टी पछि भेलाज्क्वेजले फ्रान्सका खेलाडीहरूसँग झगडा गर्ने प्रयास गरे । पाराग्वेका हर्कत लाजमर्दो रहेको ङ्गल्याण्डका पूर्व डिफेन्डर मीका रिचर्ड्सले बताएका छन । ‘यो हेर्न लाजमर्दो थियो,’ उनले बीबीसीसँग भने,‘ प्याराग्वे त्यो भन्दा राम्रो छ । रक्षात्मक रूपमा तिनीहरू धेरै राम्रा थिए ।

तर, तिनीहरूलाई यस्ता हर्कतहरूमा पर्नु आवश्यक थिएन ।’ विश्वकपमा १० नकआउट जित हासिल गर्ने पहिलो प्रशिक्षक बनेका फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले पाराग्वेले खेलमा फर्कने बाटो खोज्दै गर्दा अन्तिम चरणमा एमबाप्पेलाई बचाउन आफ्ना खेलाडीहरूलाई निर्देशन दिएको खुलासा गरेका छन ।

‘मैले दुई ठूला खेलाडीहरूलाई अन्त्यमा किलियनको वरिपरि उभिन भनें किनभने उनीहरूले उसलाई काट्ने थिए,’ खेलपछि डेसच्याम्प्सले थपे ।

एमबाप्पेलाई सुरुदेखि नै निशाना बनाइएको थियो तर उनले आफ्नो शान्तता कायम राखे । मैदानमा पाराग्वेको रणनीतिलाई हाँसेर उनीहरूको उत्तेजनाप्रति प्रतिक्रिया जनाए ।

खेलपछि एमबाप्पेले भने, ‘हामीलाई सुन्दर फुटबल मात्र होइन, आवश्यक पर्दा कठिन परिस्थितिमा लडेर जित्न पनि आउँछ । पाराग्वेले हामीलाई उक्साउने प्रयास गर्‍यो, तर हामी आफ्नो लक्ष्यमा केन्द्रित रह्यौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us