काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार असफल भएको टिप्पणी गरेका छन् ।
पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका उनले बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको सय दिन पूर्णत असफल भएको बताए ।
जनतालाई जुन प्रकारको आश्वासन र भ्रम दिइएको भए पनि त्यसअनुसार काम नभएको टिप्पणी उनको थियो ।
‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो’, उनले भने, ‘त्यस आधारमा यो सय दिन पूर्णतः असफल भएको देख्छु ।’
फरक प्रसंगमा उनले लोकतन्त्र र संविधान रक्षाका लागि कम्युनिष्ट र काँग्रेसबीच सहकार्य हुनुपर्ने उल्लेख गरे ।
त्यसका लागि आफूहरु प्रयासरत रहेको उनको भनाइ थियो । ‘वाम एकता मात्र होइन, काँग्रेस–एमाले सबैसँग सहकार्य गर्नुपर्छ भन्ने कुरा हो’, उनले भने ।