हामी पछारिएका छौं, तर उठेर प्रतिवाद गर्छौं’:ओली

काठमाण्डु टुडे २०८३ असार २० गते १६:०१ मा प्रकाशित

काठमाण्डु– एमाले अध्यक्ष ओलीले आफूहरु अप्ठेरो परिस्थितिमा रहेको बताएका छन् ।

पार्टी जागरण अभियानको शनिबार शुभारम्भ गर्दै ओलीले तर, आफूहरु उठेर प्रतिवाद गर्ने चेतावनी दिए ।

निर्जिव बस्तुमात्र समस्यामा नपर्ने भन्दै उनले जीवनमा यस्तो क्षणहरु आउने बताए ‘यतिबेला कठिनाइमा छौं । कठिनाइ जीवनमा आइपर्ने चिज हो । निर्जिव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन,’ ओलीले भने, ‘ हामीले धक्का खाएका छौं, हामी पछारिएका हौंला तर हामी जीवित छौं, हामी उठ्छौं, हामी प्रतिवाद गर्छौं, हामी प्रतिरोध पनि गर्छौं ।’

ओलीले यसपटक आफू र आफ्नो पार्टीमाथि ठूलो हमला भएको जिकिर गरे । आफूहरुले प्रगति गर्न खोज्दा हमला भएको उनको दाबी थियो ।
‘हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो’, ओलीले भने, ‘सबैभन्दा ठूलो गठजोठका साथ हमला भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us