पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

काठमाण्डु टुडे २०८३ असार ६ गते ७:४७ मा प्रकाशित

काठमाण्डू, ६ असार– ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता लिन सफल भएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले तीन गोलको अग्रता लिएको हो ।

ब्राजिलका लागि दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । २३ औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका कुन्हाले ३६ औं मिनेटमा दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै तेब्बरको अग्रता बनाएका हुन । यसअघि खेलको १२औं मिनेटमा ब्राजिलका राफिन्हाले गोल गरेपनि अफसाइड हुँदा मान्यता पाएन । पहिलो हाफमा ब्राजिल हाइटीमाथि हाबी भएको छ । पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दा हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us