बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छुः अर्थमन्त्री वाग्ले

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १४:०६ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन ।

आज (बिहिबार) संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा अर्थमन्त्री वाग्ललेले यस्तो चुनौती दिएका हुन ।

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनले आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् । अर्थमन्त्री र राजनीति मात्रै होइन । सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us