भारतको एक इन्च जमिन पनि नेपालले मिचेको छैनः ओली

काठमाण्डु टुडे २०८३ जेठ २० गते १४:०५ मा प्रकाशित

काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको बताएका छन । आज (बुधबार) बाट सुरु भएको एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले संसदको रोस्ट्रमबाट प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलेको बताए । ओलीले भने, ‘एक ठाउँमा एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन, ‘सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट बोल्नु हुँदैन थियो । तर बोल्ने काम भयो ।

कसको हितको लागि रु कसको पक्षमा रु नेपालको अहितमा नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा कसको लागि के का लागि बोलियो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us