ओलीले भनेः कार्की आयोगमा मैले बयान दिइनँ

काठमाण्डु टुडे २०८३ जेठ २० गते १३:३६ मा प्रकाशित

काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान नदिएको बताएका छन ।

आज (बुधबार) बाट काठमाण्डूमा एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले आयोग नक्कली भएको समेत बताएका छन । उनले कार्कीले मान्छे तोकेर कारबाही गर्नुपर्छ भनेको र सो काम फत्ते गर्न कार्कीकै नेतृत्वमा आयोग बनाइएको समेत बताएका छन ।

ओलीले भने, ‘बयान दिएन तर आयोगले बयान दियो भनेर छाप्यो । आयोगले प्रश्नपत्र पठाएको थियो । बुझ्दिनँ मान्यता दिन्नँ भनेर मैले पठाइदिएको थिएँ । किन बयान दिन्न त्यो कारण पनि बताइएको थिएँ । मैले बयान दिइँन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us