काठमाण्डू, १९ जेठ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरीएको छ ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेले जानकारी दिएका छन ।
उनलाई गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । गृह मन्त्रालयको सिफारिसमा आज बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा गरेको हो ।