प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनकः गगन थापा

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १५:४१ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हिजो (आइतबार) प्रतिनिधिसभामा ‘भारतको जग्गा नेपालले मिचेको’ भन्ने विषय निन्दनीय रहेको बताएका छन ।

आज (सोमबार) कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री बालेनले बोलेको विषयमा आपत्ति समेत जनाए ।

उनले भने, ‘हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय छ ।  घोर आपत्तिजनक छ, ‘र, नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा यसको विरोध गर्छ ।

हामीले यो कुरा प्रस्ट भनेका छौं ।’ सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने उनले बताए । ‘देशका अडान हुन्छन्, त्यसका पछाडि केही प्रमाण, कथन हुन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ,’ सभापति थापाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us