प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १४:३२ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित विपरीत भनेको छ ।

एमाले महासचिव शंकर पोखरेलद्धारा जारी गरीएको बक्तव्यमा भनिएको छ, ‘देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ, ‘यस प्रकारको राष्ट्रहीत प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।’

प्रधानमन्त्रीले सीमा विवादबारे तेस्रो पक्षलाई जोडेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता हो,’ एमालेले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us