काठमाडौं, वैशाख ११ — हर्क साम्पाङ ले सुकुमवासी बस्ती हटाउने सरकारको कदमप्रति आपत्ति जनाउँदै पुनर्बासको सुनिश्चितता बिना अघि बढ्नु नहुने बताएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले विज्ञप्ति जारी गर्दै सुकुमवासीका घर भत्काउने कार्य संविधानको मर्मविपरीत भएको उल्लेख गरेका छन् ।
उनले उचित क्षतिपूर्ति, व्यवस्थापन र पुनर्बासको स्पष्ट योजना बनाएर मात्र सरकार अघि बढ्नुपर्ने बताएका छन् ।
बस्ती हटाउने क्रममा जनतालाई बेघर बनाउने, डर–त्रास देखाउने तथा दमन गर्ने शैली अपनाइएको आरोप लगाउँदै उनले सरकारको व्यवहार निरंकुश देखिएको टिप्पणी गरेका छन् ।
यस्ता गतिविधिले लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर बनाउने उनको भनाइ छ ।