आज २०औं लोकतन्त्र दिवस मनाइँदै

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते ८:५८ मा प्रकाशित

काठमाडौं, वैशाख ११ — देशभर आज २०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।
विसं २०६३ वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाह ले जनआन्दोलनपछि विघटित संसद् पुनर्स्थापना गरेसँगै लोकतन्त्रको पुनर्स्थापना भएको थियो । त्यसकै सम्झनामा २०६४ देखि यो दिवस मनाउन थालिएको हो ।
सात दल र नेकपा (माओवादी) बीचको १२ बुँदे समझदारी र गिरिजाप्रसाद कोइराला नेतृत्वको जनआन्दोलनले राजालाई संसद् पुनर्स्थापनामा बाध्य बनाएको थियो ।
यस घटनाले गणतन्त्रको आधार तयार पारेको मानिन्छ र त्यसपछि संविधानसभा हुँदै २०७२ मा नयाँ संविधान जारी भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us