कांग्रेस संसदीय दलको विधान पारित

काठमाण्डु टुडे २०८३ वैशाख १० गते १६:४९ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– कांग्रेसले संसदीय दलको विधान पारित गरेको छ । बिहीबार सांसदहरूले छलफल गरेर विधान पारित गरेका हुन् । छलफलबाट विधान पारित गरेर अनुमोदनका लागि पार्टी समक्ष बुझाइएको सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिएका छन ।

उनी कांग्रेसले दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिका संयोजक पनि हुन् । ‘हामीले सांसदहरूसँग छलफल गरेर विधान पारित गरेका छौं,’ रसाइलीले भने, ‘पारित भएको दलको विधान अनुमोदनका लागि पार्टीलाई पठाइएको छ ।’

कांग्रेसले भोलि (शुक्रबार) संसदीय दलको नेता चयन गर्दै छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us