राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

काठमाण्डु टुडे २०८३ वैशाख ९ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका छन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले राजीनामा बुझाएका हुन ।

‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले भनिन् । विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी देखिएपछि नैतिकताका आधारमा गुरुङले राजीनामा दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us