काठमाण्डू, ९ वैशाख– गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बिदा भएका छन । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका गृहमन्त्री गुरुङले आज (बुधबार) पदबाट राजीनामा दिएका हुन् । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।
पदमा आएसँगै ‘ठुला माछा’ समाउने कार्यमा आक्रामक देखिएका उनी केही दिनअघि भने आफ्नै विवादित लगानीका कारण आलोचित बनेका थिए ।
उनले राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेपछि बाध्य भएर बुधबार राजनीनामा दिएका हुन् । उनको लिबर्टी माइक्रोलाइभ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा लगानी देखिएका थियो ।