प्रधानमन्त्रीसँग छलफल गर्न पुगे गृहमन्त्री

काठमाण्डु टुडे २०८३ वैशाख ९ गते १३:४३ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन ।

विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

यसै विषयलाई लिएर सुधन गुरुङलाई पदबाट राजीनामा दिन दबाब छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us