काठमाण्डू, २२ चैत– रोल्पाको सुनिलस्मृति गाउँपालका–२ भालुबाङ–सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।
खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किंदा सुनिलस्मृति गाउँपालिका–२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसा आज बिहान ८ बजेको समयमा रा६प ५५२७ नम्बरको मोटरसाइकल र रा ३ प १०१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा १८ वर्षीय साइमन सेन ठकुरी, १८ वर्षकै अर्पण शाह ठकुरी र १६ वर्षीय हिमाल चन्द घाइते भएका छन् ।
साइमनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि बुटवल रिफर गरिएको छ । घाइते भएका अर्पण र हिमाल एसईई दिइरहेका विद्यार्थी हुन् ।