काठमाण्डू, २१ चैत- इरानले संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा गरेको आक्रमणमा ७ नेपाली घाइते भएका छन् ।
इरानले आबुधाबीमा मिसाइल र ड्रोन हमला गरेको हो । मिसाइल र ड्रोन महलाका क्रममा बमका टुक्रा लागेर उनीहरु घाइते भएका अधिकारीहरुले बताएका छन् ।
इरानले अमेरिकी सैन्ष्य अड्डा र ऊर्जा केन्द्रहरुलाई लक्षित गरी खाडी मुलकहरुमा आक्रमण गर्दै आएको छ । आबुधाबीको अज्बान क्षेत्रमा शुक्रबार मिसाइल र ड्रोन हमला भएको थियो ।
आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बम आकाशमै नष्ट गरे पनि त्यसका टुक्राहरु खसेको अधिकारीहरु बताउँछन् । घटनामा ६ भारतीय पनि घाइते भएका छन् । घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर छ ।