नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

काठमाण्डु टुडे २०८२ चैत २० गते १७:३८ मा प्रकाशित

काठमाण्डू, २० चैत– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अर्याल डीपीले पद तथा गोपनीयताको शपथ आइतबार (चैत २२) लिने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।

यसअघि शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो । सोही कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us