सानेपामा कांग्रेसको संसदीय सचेतना कार्यक्रम

काठमाण्डु टुडे २०८२ चैत १४ गते १२:४५ मा प्रकाशित

काठमाण्डू, १४ चैत– कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम आयोजना गरीएको छ ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा संसदीय सचेतना कार्यक्रम जारी छ । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित छन् ।

प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us