बालेनलाई ओलीले फेसबुकबाट दिए बधाई

काठमाण्डु टुडे २०८२ चैत १३ गते १५:०० मा प्रकाशित

काठमाण्डू, १३ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएकामा बालेन्द्र शाह(बालेन) लाई बधाई दिएका छन् । शुक्रबार फेसबुकमार्फत ओलीले बालेनलाई बधाई दिएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई,’ ओलीले लेखेका छन्, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’ यसअघि ओली बालेनको शपथ ग्रहण समारोहमा भने सहभागी भएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us