बालेनलाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको बधाई

काठमाण्डु टुडे २०८२ चैत १३ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, १३ चैत– पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । शुक्रबार एक्समार्फत बधाई दिँदै प्रधानमन्त्री शरिफले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन बालेनसँग नजिक रहेका काम गर्न उत्सुक रहेको बताएका छन ।

शरिफले भनेका छन्, ‘नेपालका प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएकोमा सम्माननीय बालेन्द्र शाहलाई हार्दिक बधाई छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीको एकतर्फी जितपछि यो पद सम्हाल्नुभएको छ ।’

पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई सधैँ उच्च मूल्यांकनका साथ हेर्ने उनले बताएका छन् । ‘द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन तथा क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन सम्माननीयसँग नजिकबाट काम गर्न उत्सुक रहेको छ,’ शरिफले अगाडि लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us