सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी

काठमाण्डु टुडे २०८२ चैत १३ गते ११:१० मा प्रकाशित

 काठमाण्डू, १३ चैत– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले प्रप्त गरेकी छन । प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन् ।

उनले मन्त्रीहरूको नाम टुंगो लगाएको उच्च स्रोतले जानकारी दिएको छ । जस अनुसार, कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई दिइएको हो ।

त्यस्तै, गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योगमा अमरेश कुमार सिंह, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल निश्चित जस्तै भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us