सुधन गुरुङ गृहमन्त्री बन्दै

काठमाण्डु टुडे २०८२ चैत १३ गते ११:०२ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने पक्का भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो ।

रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुदनलाई महत्वपूर्ण र बलियो मानिने गृहमन्त्रालय दिन लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us