बालेन रास्वपाको संसदीय दलको नेता चयन

काठमाण्डु टुडे २०८२ चैत १२ गते १८:३४ मा प्रकाशित

काठमाण्डू, १३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने भएको छ ।

आज (बिहिबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए ।

उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन । रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us