नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाण्डु टुडे २०८२ चैत १२ गते १४:३६ मा प्रकाशित

काठमाण्डू, १२ चैत– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (बिहीबार) ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथका लागि सांसदहरू विभिन्न परम्परागत पोशाकमा पुगेका थिए । केहीले मातृभाषामा समेत शपथ लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us