सांसदका रूपमा सुधारको काममा इमानदार प्रयास गर्छुः स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०८२ चैत १२ गते १४:०९ मा प्रकाशित

काठमाण्डू, १२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने बताएका छन ।

आज (बिहिबार) सांसदको शपथ लिन सिंहदरबार पुगेका बेला पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै वाग्ले यस्तो बताएका हुन । उनले तनहुँका जनताको आकांक्षाअनुसार आफूले काम गर्ने पनि बताएका छन ।

वाग्लेले भने, ‘सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ, ‘हाम्रो जुन वाचापत्र छ, त्यसैअनुसार काम गर्छौँ ।’ मूलतः तनहुँका जनताको चाहनाअनुरूप आफूले काम गर्ने उनले बताए ।

‘तनहुँका दाजुभाइ दिदीबहिनीले बढीभन्दा बढी मतले मलाई जिताएर पठाउनुभएको छ, देशको सुशासन र समृद्धि, तनहुँका विकास निर्माण, त्यहाँका जनताको समृद्धिको आकांक्षा, त्यहाँको सुशासनप्रतिको उत्कट छ त्यसअनुसार काम गर्छु,’ उनले भने । वाग्लेले ‘अर्थमन्त्रीका रूपमा तपाईँलाई देख्न पाइन्छ कि पाइँदैन् ?’ भन्ने प्रश्नको भने उत्तर दिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us