एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८२ चैत १२ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, १२ चैत– एमालेले आफ्ना सांसदहरुलाई च्यासलमा बोलाएको छ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने ।

उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us