सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौंः हर्क साम्पाङ

काठमाण्डु टुडे २०८२ चैत १२ गते १३:१२ मा प्रकाशित

काठमाण्डू, १२ चैत– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन ।

आज (बिहिबार) शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका अध्यक्ष साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले भने, ‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको म्यान्डेट नै यही हो ।

तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ, प्रतिपक्षी भन्नेबित्तिकै विरोध गरिहाल्ने भन्ने हुँदैन । राम्रो काम गर्दा हाम्रो पूर्ण समर्थन भइहाल्छ ।’ उनले यसपटकको संसद्‌मा आफूसहित धेरै नयाँ रहेको भन्दै सिक्नुपर्ने धेरै रहेको पनि बताएका छन ।

उनले भने, ‘नयाँ छौं सिक्नुपर्ने थुप्रो छ । पहिले प्रश्न गर्ने ठाउँमा थियौं । अहिले गाली खाने ठाउँमा आइयो । उत्साह थोरै छ, जिम्मेवारी बोध धेरै छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us