बालेनको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने

काठमाण्डु टुडे २०८२ चैत ११ गते १५:५८ मा प्रकाशित

काठमाण्डू, ११ चैत– पर्सी अर्थात (१३ चैत)मा मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

शपथ ग्रहण मध्याह्न १२ः३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ ।

त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बाहली गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us